सरकारी जागिर खाने हो ? लोक सेवा आयोगले माग्यो ७३४ जना कर्मचारी (विज्ञापनसहित)
बुधबार, ३० फागुन २०७४, ११ : ३९
मा प्रकाशित
अर्थ संसार,काठमाडौं– सरकारी जागिरको लागि आवेदन दिने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने लोक सेवा अयोगले विभिन्न पदमा ७३४ जना कर्मचारी माग गरेको छ ।
आज एक सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो । आयोगले न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, लेखा तथा व्यवस्थपिका संसद् सबै सेवामा जनशक्ति माग गरेको हो।
खुला प्रतिस्पर्धाका उम्मेदवारको न्युनतम शैक्षिक योग्यता एसएलसी वा सो सरह हुनु पर्नेछ। ग्रेडिङ प्रणाली अनुसार नतिजा भएका उम्मेदवारका हकमा न्युनतम जीपीए २ अनिवार्य हुनु पर्नेछ।
आयोगले खुला तथा समावेशीमा ५७५ कोटा र आन्तरिक खुलातर्फ १५९ जनाका लागि दरखास्त आह्वान गरेको हो । आवेदन चैत २० गतेसम्म दिन सकिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस