अर्थ संसार, काठमाडौं– प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली बार्खास्त भएका छन् ।न्याय परिषद सचिवालयले पराजुलीलार्य पदमा नभएको भन्दै पत्र थमाएको हो ।
प्रधानन्यायाधीश पराजुली राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाउन राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
स्रोतकाअनुसार उनलाई न्याय परिषद् सचिवालयले त्यही वर्खास्तीको पत्र थमाएको हो । तर यस बारे आधिकारिक रुपमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेर पठाएको पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ उदृत गरिएको छ ।
परिषद्को आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख भएको स्रोतको भनाइ छ ।
पत्रमा सम्माननीय महोदयले न्यायसेवामा पुर्याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस