Like us!
Follow us!
Connect us!
Watch us!

सीमा विवादबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध कायम राख्छौं : सांसद शाही

अर्थ संसार

बुधबार, ३१ असार २०८३, १४ : ३८ मा प्रकाशित

सीमा विवादबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म विरोध कायम राख्छौं : सांसद शाही

सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिउपर उठेका प्रश्नहरूको संसद्मा स्पष्ट जवाफ नआएसम्म विपक्षी दलहरूको विरोध निरन्तर जारी रहने भएको छ । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस विषयमा आफ्नो धारणा राख्दै प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद्मा विरोध कायम रहने बताएका हुन् ।

 उनले प्रतिनिधिसभाको बैठकमै भने,‘सम्मननीय प्रधानमन्त्री बालेन शाह बालेनले नेपाल र भारतको सीमा सम्बन्धी दिएको अभिव्यक्तिका बारेमा सरकारले स्पष्ट धारणा संसद्मा पेश गर्नुपर्छ । त्यो नहुन्जले प्रतिपक्षको तर्फबाट विरोध जारी रहने कुरा जानकारी गराउन चाहन्छु ।'

गत १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको