Like us!
Follow us!
Connect us!
Watch us!

पदमुक्त प्रधानन्यायाधीशबाटै राष्ट्रपति भण्डारीको सपथ

बुधबार, ३० फागुन २०७४, १८ : ०२ मा प्रकाशित

पदमुक्त प्रधानन्यायाधीशबाटै राष्ट्रपति भण्डारीको सपथ

अर्थ संसार, काठमाडौं – पदमुक्त भएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाटै नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

न्याय परिषद् सचिवालयले पराजुलीलाई पदमुक्त गरेको हो । राष्ट्रपतिलाई पद तथा गोपनियताको सपथ खुवाउन शीतल निवास पुग्नुभएका प्रधानन्यायाधीश पराजुलीलाई पदबाट हटाएको पत्र थमाएको थियो ।

राष्ट्रपति भण्डारीले  प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् ।

राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायपरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।

5aa914225745e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको