अर्थ संसार, काठमाडौं– न्यायपरिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदबाट मुक्त गरेको छ । नेपालको अदालती इतिहासमा न्याय परिषद् सचिवालयले गरेको यस्तो निर्णय पहिलो पटक हो ।
यसअघि नेपामला यस्ता घटना भएका थिएनन् अझै भनौ त्यस्तो प्रयास भएको थिएन । परिषद् सचिवालयले शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी विवादमा आजै पत्र प्राप्त भउको र सोही आधारमा पराजुलीलाई वर्खास्त गरिएको जनाएको छ ।
पराजुली नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेको भन्दै काँग्रेस नेता विमलेन्द्र निधिले बताउने गरेका थिए ।नेविसंघको इतिहास हेर्दा पनि उनको उक्त जिममेवारीबारे प्रष्ट देखिन्छ ।
आदलतमा उनको व्यवहारलाई लिएर पछिल्लो समय आलोचना समेत भएको थियो । गोविन्द केसी प्रकरणमा उनको भूमिकालाई लिएर प्रश्न उठाउने गरिएको छ । यस्तै पछिल्लो पटक कान्तिपूर प्रकरणमा समेत उनको भूमिकालाई लिएर प्रश्न उठायएको थियो । आफू विरुद्ध परेको मुद्दामा आफै निर्णय दिने र फैसला सुनाउने गरेको भन्दै पराजुलीको आलोचना भएकै थियो ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ ग्रहण समारोह चलीरहेको बेला न्याय परिषद् सचिवालयले पराजुली पदमुक्त भएको भन्दै विज्ञप्ति मार्फत जानकारी गरायो ।
नेपालको न्यायमा अब यसको प्रभाव के पर्ला भन्ने विषयमा विभिन्न खालका टिका टिप्पणी सुरु भएका छन् । यसमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चर्को विरोध जनाउने वाला छ । कानुन व्यवसायीकाबीचमा समेत फरक फरक खालका टिका टिप्पणी आउने वाला नै छ । यसलाई केहीले जितको संज्ञा दिनेछन् भने केहीले हारको तुष्टि व्यक्त गर्नेछन् ।
पछिल्लो पटक सर्वोच्च अदालतमा न्यायाधीशले इजलाश बहिस्कार गर्न सुरु गरेका थिए । जुन हिजो र आज पनि जारी रह््यो । यो प्रकरण यसै सेलाउँला कि झन् बल्झेर जाँला अहिल्यै यसै भन्न नसकिने सम्वद्ध पक्षको भनाइ छ ।
रमाइलो त के छ भने न्याय परिषद्को सचिवले पराजुलीलाई वर्खास्त भएको पत्र सार्वजनिक गरेको छन् । तर त्यही परिषद्को अध्यष प्रधानन्यायाधीश हुने व्यवस्था रहेको छ ।
न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण गत साउन २१ गतेदेखि नै प्रधानन्यायाधीश पदमा नरहेको स्पष्ट पारिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस