अर्थ संसार, काठमाडौं– रामचन्द्र मण्डल नेकपा (माओवादी – केन्द्र)को २ नम्बर प्रदेशको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।
आज भएको संसदीय दलको निर्वाचनमा प्रतिश्पर्धी भरत साहलाई पराजित गर्दै संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । मण्डलले धनुष र साहले महोत्तरीबाट प्रदेश सभाको निर्वाचनमा विजय हासिल गरेका थिए ।
लामो समय शिक्षण पेशामा आबद्ध भएकाले मास्टर साहेब नामले समेत परिचित मण्डल धनुष क्षेत्र नं. १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
बुधबार भएको निर्वाचनमा ७ मत प्राप्त गर्दै मण्डल संसदीय दलको नेतामा निर्वाचित भएका थिए भने उनका प्रतिश्पर्धी साहले ४ मत प्राप्त गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस