Like us!
Follow us!
Connect us!
Watch us!

बालेन सरकार र नेप्सेको संयोग - इतिहासमै पहिलो पटक साताको ६ दिन कारोबार हुँदै

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १५ : १८ मा प्रकाशित

बालेन सरकार र नेप्सेको संयोग - इतिहासमै पहिलो पटक साताको ६ दिन कारोबार हुँदै

नेपालको सेयर बजार पहिलो पटक सातामा ६ दिन खुल्ने भएको छ । सरकारले इन्धनको खपत कम गर्ने उद्देश्यले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सेयर बजार पहिलो पटक यो हप्ता ६ दिन कारोबार हुने भएको हो । 

यस अघि सातामा कुनै सार्वजनिक बिदा नपरेको खण्डमा ५ दिन मात्रै कारोबार हुँदै आएको सेयर बजार यो पटक भने आइतबार देखि शुक्रबारसम्म ६ दिन खुल्ला हुने भएको हो । सरकारले आइतबारको नेप्से कारोबार पछि शनिबार र आइतबार सरकारी कार्यालय बिदा हुने निर्णय गरेको र शुक्रबार पुरा समय कार्यालय खुल्ने निर्णय गरेको थियो । उक्त निर्णय पछि यो साताको शुक्रबार पनि सेयर बजार खुल्ने भएको हो । यस अघि पनि सरकारले शनिबार र आइतबार बिदा दिदा सेयर कारोबार शुक्रबार पनि भएको थियो । तर, ६ दिन कारोबार भएको रेकर्ड भने थिएन् । यो पटक भने ६ दिन कारोबार हुने रेकर्ड कायम हुने निश्चित भएको छ । 

सरकारको निर्णयसँगै यो साता शुक्रबार पनि कारोबार हुने र आइतबार पनि कारोबार भएकाले ६ दिन सेयर बजारमा कारोबार हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीको भनाइ छ । ‘सरकारले आइबार बिदा दिने निर्णय गरेसँगै यो साता शुक्रबार पनि सेयर कारोबार खुल्छ । आइतबार पनि कारोबार भएकाले यो साता सेयर बजार ६ दिनका लागि खुल्ने भएको हो,’ उनले भने । यस अघि पनि शुक्रबार सेयर कारोबार भए पनि ६ दिन सेयर कारोबार भएको यो नै पहिलो पटक भएको उनको भनाइ छ । यो हप्ता ६ दिन कारोबार हुने भए पनि अर्को हप्तादेखि भने सेयर बजार फेरि ५ दिन कै लागि मात्रै खुल्ने पराजुलीको भनाइ छ । अर्को हप्तादेखि भने सेयर बजार सोमबारदेखि शुक्रबारसम्म ५ दिनका लागि खुल्ने छ । 

दुई दिन सार्वजनिक बिदा अन्तराष्ट्रिय अभ्यास : लगानीकर्ता 

लगानीकर्ताले भने सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णय अन्तराष्ट्रिय मान्यता अनुसार भएको बताएका छन् । सरकारी कार्यालय समय परिवर्तन भए पनि सेयर बजार बिहान ११ देखि ३ बजेसम्म नै कारोबार हुनु पर्ने उनीहरुको भनाइ छ । कार्यालय समय ९ बजेदेखि सुरु गरेर सेयर कारोबार ११ बजेदेखि सुरु गर्दा राम्रो हुने इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारको भनाइ छ । 

अन्तराष्ट्रिय मान्यता अनुसार नै छ भन्नका लागि पनि यो राम्रो कुरा भएको लगानीकर्ता तिलक कोइरालाको भनाइ छ । उनले कारोबार समय भने बढाउन नहुने बताए । ‘सेयर कारोबार सोमबारदेखि शुक्रबारसम्म नै खुल्नु राम्रो हो । तर, समय ११ देखि ३ बजेसम्म नै हुनु पर्छ,’ उनले भने । अहिलेको अवस्थामा समय बढाउन आवश्यक नरहेको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको