Like us!
Follow us!
Connect us!
Watch us!

आजको मौसम : हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, ०८ : ११ मा प्रकाशित

आजको मौसम : हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

नेपालको मौसमी प्रणालीमा अहिले पश्चिमी र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको हो। 

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ भने अन्य पहाडी भू–भागमा आंशिक बादल लागेको देखिन्छ। तराईका जिल्लाहरूमा भने मौसम सामान्यतया सफा नै रहेको छ। सोमबारको मौसम पूर्वानुमान हेर्दा देशका हिमाली भेगमा बादलको प्रभाव बढी रहने र पहाडी क्षेत्रमा आंशिक बदली हुने सङ्केत देखिएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा र अन्य हिमाली भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। 

तराई क्षेत्रमा भने घाम लाग्ने र मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रमा हुने वर्षा र हिमपातले तापक्रममा केही गिरावट ल्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको