त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिले खाद्य स्वच्छतामा गम्भीर लापरबाही गरेपछि कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा उक्त पसल शिलबन्दी गरिएको छ।
गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले अनुगमन गर्दा त्यहाँ सरसफाइ र गुणस्तरमा गम्भीर कमजोरी फेला पारेको थियो। प्रशासनले उत्पादन रोक्न दिएको चेतावनीलाई समेत अटेर गरी सरकारी कार्यालयहरूमै खाजा आपूर्ति गरेपछि बिहीबार मन्त्री चौधरीको प्रत्यक्ष आदेशमा यो कडा कारबाही गरिएको हो।
आम नागरिकको स्वास्थ्यप्रति सरकार सचेत रहेको उल्लेख गर्दै मन्त्री चौधरीले गुणस्तरहीन कार्य गर्नेमाथि थप अनुसन्धान र कडा कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस