Like us!
Follow us!
Connect us!
Watch us!

साढे ३ प्रतिशत बढीले घट्यो एभरेष्ट बैंकको नाफा, अन्य सूचक कस्ता ?

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, ०७ : ४८ मा प्रकाशित

साढे ३ प्रतिशत बढीले घट्यो एभरेष्ट बैंकको नाफा, अन्य सूचक कस्ता ?

एभरेष्ट बैंक लिमिटेडको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नफामा ३.७१ प्रतिशतले गिरावट आएको हो । 

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको नाफाको तुलनामा ३.७१ प्रतिशतले कम हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा सामान्य बढेर ६ अर्ब ८३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

बैंकको आम्दानीका अन्य स्रोतहरूमा पनि वृद्धि देखिएको छ । बैंकको कुल सञ्चालन आम्दानी ८ अर्ब ९३ करोड १० लाख रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा ९.२२ प्रतिशतको वृद्धि हो । यद्यपि बैंकको सञ्चालन मुनाफा भने गत वर्षको ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँबाट ३.५३ प्रतिशतले घटेर ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको व्यवसायको आकारतर्फ हेर्दा चैत मसान्तसम्म बैंकले ग्राहकहरूबाट कुल ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै बैंकले २ खर्ब ५० अर्ब ८७ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ छ भने जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख रुपैयाँ सञ्चित छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३२ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा रहेको छ । बैंकको निष्कृय कर्जा (खराब कर्जा) गत वर्षको ०.६४ प्रतिशतबाट घटेर ०.६१ प्रतिशतमा झरेको छ । बैंकको बेस रेट ४.५७ प्रतिशत र सिडी रेसियो ८५.८८ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको