Like us!
Follow us!
Connect us!
Watch us!

८.५० करोड इकाई सर्वसाधारणका लागि, रिलायबल समृद्धि योजना २ निष्काशन हुँदै

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, ०७ : ५२ मा प्रकाशित

८.५० करोड इकाई सर्वसाधारणका लागि, रिलायबल समृद्धि योजना २ निष्काशन हुँदै

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड ले नयाँ सामूहिक लगानी योजना ‘रिलायबल समृद्धि योजना २’ सर्वसाधारणका लागि खुला गर्ने भएको छ। बैशाख २९ गतेदेखि इकाई खरिदका लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ। यो योजना रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ।

एक अर्ब बराबरको इकाई निष्काशन

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १० करोड इकाई बजारमा ल्याउँदैछ, जसको कुल आकार एक अर्ब रुपैयाँ बराबर हुन्छ। यो योजना १० वर्ष अवधिको बन्दमुखी संरचनामा सञ्चालन हुने बताइएको छ, जसले दीर्घकालीन लगानीकर्तालाई लक्षित गर्छ।

कुल निष्काशन गरिने इकाईमध्ये १५ प्रतिशत हिस्सा सुरक्षित राखिएको छ। त्यसअन्तर्गत १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाई छुट्याइएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापकका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताले आवेदनमार्फत प्राप्त गर्न सक्नेछन्।

आवेदन सीमा र समय

यस योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै इकाई बिक्री नभएमा आवेदन अवधि जेठ १२ गतेसम्म थपिनेछ।

आवेदन प्रक्रिया

इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्ड बाट स्वीकृत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालन गरिएको ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत पनि आवेदन दिन मिल्नेछ।

रेटिङ

यस योजनासम्बन्धी मूल्याङ्कनमा केयर रेटिङ नेपाल ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। त्यस्तै योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ दिइएको छ, जसले व्यवस्थापन पक्षको क्षमता सन्तोषजनक रहेको जनाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको