Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको वेभसाइटमा समस्या: कारोबार भइरहँदा पनि डिसप्लेमा क्लोज, के भन्छ नेप्से ?

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, ११ : २४ मा प्रकाशित

नेप्सेको वेभसाइटमा समस्या: कारोबार भइरहँदा पनि डिसप्लेमा क्लोज, के भन्छ नेप्से  ?

नेपाल स्टक एक्सचेन्जको वेभसाइटमा समस्या देखिएको छ । बिहान ११ बजेदेखि कारोबार भएको देखिनु पर्ने भए पनि डिसप्लेमा बजार बन्द रहेको देखाइरहेको हो । 

के कारणले त्यस्तो समस्या देखिएको हो भन्ने विषयमा अध्ययन भइरहेको नेप्सेका प्रवक्ता मराहरी पराजुलीले अर्थसंसारलाई जानकारी दिए । उनका अनुसार कारोबार भने भइरहेको छ । कारोबार हुने र डिसप्लेमा देखाउने च्यानल फरक भएकाले डिसप्लेमा नदेखिए पनि कारोबार भने भइरहेको छ । 

‘यो समस्या के हो भन्ने विषयमा प्राविधिक टोलिले अध्ययन गरिरहेको छ । कारोबार भने रोकिएको छैन,’ उनल भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको