एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंकले हकप्रद सेयर जारी गर्नका लागि पूर्व स्वीकृति दिएको छ । बैंकलाई राष्ट्र बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न पूर्व–स्वीकृति दिएको हो ।
बैंकले हाल कायम २ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो । राष्ट्र बैंकले बैशाख १७ गते हकप्रद सेयर निष्काशनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो । हकप्रद सेयर निष्काशन सम्बन्धी विशेष प्रस्ताव बैंकको आगामी २८औँ वार्षिक साधारण सभामा पेश गरिनेछ । नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि र साधारण सभाबाट पारित भएपछि मात्र उक्त अनुपातमा हकप्रद सेयर निष्काशन प्रक्रिया अगाडि बढ्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस