नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई वित्तीय अनुशासन कायम राख्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले आज वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन्देश जारी गर्दै आम नागरिकलाई आयको केही हिस्सा अनिवार्य रूपमा बचत गर्न सुझाव दिएको हो। राष्ट्र बैंकले आपतकालीन अवस्था वा आकस्मिक आवश्यकताका लागि खर्च जुटाउन तथा भविष्यका योजनामा लगानी गर्न बचत आवश्यक रहेको उल्लेख गरेको छ।
राष्ट्र बैंकका अनुसार नियमित बचत गर्ने बानीले अनावश्यक खर्च नियन्त्रण गर्न मद्दत गर्नुका साथै भविष्यका लक्ष्य हासिल गर्न सहयोग पुर्याउँछ र पारिवारिक तनावसमेत घटाउन कम गर्दछ। ‘त्यसैले आफ्नो आम्दानी र खर्चको सूची बनाउने बानी बसालौँ, मासिक बजेट बनाऔँ, अनावश्यक कुरामा खर्च नगरौँ, अनिवार्य रुपमा नियमित बचत गरौँ’, सूचनामा भनिएको छ, ‘आवश्यक भएमा मात्र ऋण लिऔँ र लिएको ऋणले सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौँ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस