Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेटमा आरसीबीको जित, मुम्बइ प्लेअफबाट बाहिर

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १० : २२ मा प्रकाशित

आईपीएल क्रिकेटमा आरसीबीको जित, मुम्बइ प्लेअफबाट बाहिर

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्स माथि २ विकेटको रोमाञ्चक जित निकालेको छ । आइतबार रायपुरमा अन्तिम बलमा मुम्बईले दिएको १६७ रनको लक्ष्य बेङ्गलुरुले ८ विकेट गुमाएर पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले ५७ रन बनाउँदा बलिङमा बेङ्गलुरुका भुवनेश्वर कुमारले ४ विकेट लिए । जितसँगै बेङ्गलुरु १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको