Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : पुनरागमन जितसहित बेल्जियम अन्तिम १६ मा

अर्थ संसार

विहीबार, १८ असार २०८३, ०७ : १८ मा प्रकाशित

विश्वकप फुटबल : पुनरागमन जितसहित बेल्जियम अन्तिम १६ मा

पुनरागमन जित सहित बेल्जियम विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अतिरिक्त समयमको अन्तिम मिनेटमा कप्तान युरी थिलेमन्सले पेनाल्टीमा गोल गरेपछि सेनेगल विरुद्ध पुनरागमन जित निकाल्दै बेल्जियम फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको हो ।

अमेरिकाको सिएटल स्टेडियममा भएको खेलमा दुई गोलले पछि परेको स्थिती उल्टाउँदै बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको हो । यो बेल्जियमले विश्वकप इतिहासकै ठूलो पुनरागमन जित मध्ये एक हो । यस्तै कप्तान युरी थिलेमन्सले १२५ औं मिनेटमा गरेको गोल विश्वकपमा अहिलेसम्म भएको मध्ये सबैभन्दा ढिलो गोल हो ।

८५ मिनेटसम्म २–० को अग्रतासहित जितनजिक पुगेको सेनेगललाई रोमेलु लुकाकुको गोलले रोकेको थियो । निर्धारित समयको ५ मिनेटअघिसम्म बेल्जियम दुई गोलले पछि थियो । तर लुकाकु र कप्तान थिलेमन्सले निर्धारित समयमै गोल गरेपछि बेल्जियमले खेल २–२ को बराबरीमा पु¥याउँदै खेल अतिरिक्त समयसम्म लम्ब्याएको थियो । अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुने संकेत थिएन र खेल पेनाल्टीसुटबउटतर्फ धकेलिरहेको थियो । तर अतिरिक्त समयमको अन्तिम मिनेटमा बेल्जियमले पेनाल्टी पायो ।

सेनेगलका लामिन क्यामाराले विपक्षी खेलाडीलाई डिबक्सभित्र लडाएपछि भिएआरको सहयोगमा बेल्जियमले पेनाल्टी पाएको थियो । जसमा कप्तान थिलेमन्सले गोल गर्दै बेल्जियमलाई ३–२ नाटकिय जित दिलाए । त्यसअघि खेलको २४ औं मिनेटमा हबीब डायरा र ५१ औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई २–० को अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा बेल्जियमका रोमेलु लुकाकुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । त्यसको ३ मिनेटपछि युरीले गोल गर्दे बेल्जियमलाई बराबरीमा फर्काउन सफल भए । बेल्जियमले अब क्वार्टरफाइनल प्रवेशका लागि अमेरिका र बोस्निया तथा हर्जगोभिनाबिचको विजेतासँग खेल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको