Like us!
Follow us!
Connect us!
Watch us!

विश्वकप फुटबल : अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

अर्थ संसार

शुक्रबार, १९ असार २०८३, ०६ : ४४ मा प्रकाशित

विश्वकप फुटबल : अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

अस्ट्रियालाई ३–० ले पराजित गर्दे स्पेनले सन् २०१० पछि पहिलो पटक फिरुफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । फिफा विश्वकप २०२६ मा शुक्रार बिहान भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मदतमा स्पेनले अस्ट्रिया माथि सहज जित हात पारेको हो ।

सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेपछि स्पेनले विश्वकपकरुो नकआउट चरणमा पहिलो जित हात पारेको हो । स्पेनले अब अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ ।

ओयाजाबालले दुबै हाफमा एक–एक गोल गर्दा पेड्रो पोरोले एक गोल गरे । लस एन्जल स्टेडियममा भएको खेलमा मिकेल ओयाजाबालले ३६औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले मार्क कुकुरेलाको पासमा गोल गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको