Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : हैदराबादलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

अर्थ संसार

बुधबार, ३० बैशाख २०८३, ०७ : ४९ मा प्रकाशित

आईपीएल क्रिकेट : हैदराबादलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)ले सनराइजर्स हैदराबाद लाई ८२ रनले पराजित गरेको छ । यो जितसँगै गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

अहमदाबादमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो। गुजरातका लागि साइ सुदर्शन ले ४४ बलमा ६१ रन बनाए । वासिङ्टन सुन्दर ले ३३ बलमा ५० रन जोडे । हैदराबादका लागि प्रफुल हिङ्गे र साकिबले समान २ विकेट लिए । १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदराबाद सुरुवातमै दबाबमा प¥यो। गुजरातका तीव्र बलर कागिसो रबाडा र मोहम्मद सिराज ले सुरुवाती ओभरमै उत्कृष्ट बलिङ गर्दै हैदराबादलाई ठूलो झड्का दिए ।

पावरप्ले सकिँदासम्म हैदराबाद ४ विकेट गुमाएर मात्र ३४ रनमा सीमित भयो। हैदराबादको इनिङ्स लामो समय टिक्न सकेन र टोली १४.५ ओभरमा मात्र ८६ रनमा अलआउट भयो। टोलीका कप्तान प्याट कमिन्सले सर्वाधिक १९ रन बनाए। गुजरातका लागि जेसन होल्डर र कागिसो रबाडाले समान ३ र प्रसिद्ध कृष्णा ले २ विकेट लिए । यो जितसँगै गुजरातले १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। साथै अहमदाबादमा सन् २०२३ यता हैदराबादविरुद्ध गुजरातको लगातार चौथो जित हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको