Like us!
Follow us!
Connect us!
Watch us!

पञ्जाबको हारको क्रम जारी, मुम्बइसँग ६ विकेटले पराजित

अर्थ संसार

शुक्रबार, ०१ जेठ २०८३, ०७ : ०९ मा प्रकाशित

पञ्जाबको हारको क्रम जारी, मुम्बइसँग ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ । धर्मशालामा सम्पन्न खेलमा मुम्बइ ६ विकेटले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको पञ्जाब किङ्सले २० ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनायो । टोलीका लागि प्रियम्सश आर्य र प्रभसिमरन सिंहले राम्रो सुरुआत दिलाए । प्रभसिमरनले ५७ रनको महत्वपूर्ण इनिङ्स खेले । मुम्बईका तर्फबाट श्राद्धुल ठाकुरले घातक बलिङ गर्दै ४ विकेट लिएपछि पञ्जाबको ब्याटिङ क्रम भत्किएको थियो ।

अन्त्यतिर अझमतुल्लाह ओमरजाइ र अन्य ब्याट्सम्यानको आक्रामक ब्याटिङका कारण टोली २०० रनसम्म पुग्यो। २०१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै २०५ रन बनाएर खेल जित्यो । मुम्बईका लागि रायन रिकेलटनले ४८ रन बनाए भने तिलक वर्माले अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जित दिलाए । यस खेलमा नियमित कप्तानको अनुपस्थितिमा जसप्रीत बुमराहले पहिलो पटक मुम्बईको कप्तानी सम्हालेका थिए र टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। उनको नेतृत्वमा मुम्बईले अन्तिम बल बाँकी रहँदा महत्वपूर्ण जित हात पार्यो ।

हारका बाबजुद पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ । मुम्बई आइपिएल प्ले अफको दौडबाट बाहिरिसकेको छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको