Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : चेन्नईमाथि लखनउको सहज जित

अर्थ संसार

शनिबार, ०२ जेठ २०८३, ०७ : ४५ मा प्रकाशित

आईपीएल क्रिकेट : चेन्नईमाथि लखनउको सहज जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको छ । शुक्रबार राति लखनउमा भएको खेलमा चेन्नईले दिएको १८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

लखनउका मिचेल मार्शले ९० रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । चेन्नईका कार्तिक शर्माले ४२ बलमा ७१ रन जोडे । लखनउका आकाश सिंहले ३ विकेट लिए ।

अंकतालिकामा चेन्नई १२ खेलमा १२ अंकसहित छैटौँ र समान खेलमा ८ अंकसहित लखनउ पुछारमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको