Like us!
Follow us!
Connect us!
Watch us!

म्यानचेस्टर सिटी एफए कप च्याम्पियन

अर्थ संसार

आइतबार, ०३ जेठ २०८३, १० : ५१ मा प्रकाशित

म्यानचेस्टर सिटी एफए कप च्याम्पियन

म्यानचेस्टर सिटीले चेल्सीलाई १-० ले हराउँदै एफए कपको उपाधि जितेको छ। वेम्बलीमा आज भएको फाइनल खेलमा एन्टोइन सेमेन्योको उत्कृष्ट गोल नै निर्णायक बन्यो र सिटीले यो सिजनको दोस्रो उपाधि हात पार्यो।

पहिलो हाफमा खेल रोमाञ्चक हुन सकेन। प्रशिक्षक पेप ग्वार्डिओलाले टोलीमा केही परिवर्तन गर्दै रेयान चेर्कीलाई बेन्चमा राखे भने ओमार मार्मुशलाई सुरुवाती रोजाइमा उतारे। त्यसबेला चेल्सी तुलनात्मक रूपमा राम्रो देखियो, यद्यपि गोल गर्न सकेन।

एर्लिङ हालान्डले सिटीका लागि केही अवसर सिर्जना गरे पनि चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले रोक्न सफल भए। हालान्डको पासमा भएको एक गोल भने अफसाइडका कारण अमान्य भयो। दोस्रो हाफमा पनि खेल बराबरीजस्तै चलिरहँदा ७२औँ मिनेट निर्णायक क्षण बन्यो । हालान्डले छिटो दौडिएर दिएको क्रसमा सेमेन्योले शानदार फ्लिक गर्दै गोल गरे।

त्यसपछि चेल्सीका एन्जो फर्नान्डेजले बराबरी गर्ने प्रयास गरे पनि सफल भएनन्। सिटीका निको ओरेली र चेर्कीले पनि अग्रता बढाउने राम्रो अवसर गुमाए। खेलमा अन्त्यतिर लियाम डेलापले हेडरमार्फत मौका पाए पनि गोल गर्न सकेनन्। अन्ततः सिटीले १-० को जितसँगै एफए कप आफ्नो बनायो । यसअघि टोलीले लिग कप जितेको थियो।

यो जितसँगै सिटी अझै प्रिमियर लिगको उपाधि दौडमा पनि कायम छ। जसले घरेलु ट्रेबलको सम्भावना जीवित राखेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको