Like us!
Follow us!
Connect us!
Watch us!

पञ्जाबलाई हराउँदै बेङ्गलोर प्लेअफ पुग्ने पहिलाे टाेलि बन्याे

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, ०६ : ५८ मा प्रकाशित

पञ्जाबलाई हराउँदै बेङ्गलोर प्लेअफ पुग्ने पहिलाे टाेलि बन्याे

आईपीएल २०२६ को ६१औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पञ्जाब किङ्स लाई २३ रनले पराजित गर्दै जारी सिजनको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले वेंकटेश अय्यरको अविजित ७३ रन र विराट कोहलीको ५८ रनको मद्दतले ४ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबका लागि शशांक सिंहले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र जोड्न सक्यो। बेङ्गलोरका रासिख सलाम डारले ३ र भुवनेश्वर कुमारले २ विकेट लिएपछि पञ्जाबले लगातार छैटौँ हार बेहोर्नुपर्‍यो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको