Like us!
Follow us!
Connect us!
Watch us!

सन्दीप बने एकदिवसिय क्रिकेटमा कम खेलमा १५० विकेट लिने खेलाडी, स्टार्कको कीर्तिमान भंग

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, ११ : ४० मा प्रकाशित

सन्दीप बने एकदिवसिय क्रिकेटमा कम खेलमा १५० विकेट लिने खेलाडी, स्टार्कको कीर्तिमान भंग

नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले एकदिवसिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिने उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए ।

सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले नेपालका लागि ७३ खेलमा १५१ विकेट लिइसकेका छन् । यस्तै उनले ब्याटिङमा पनि ५०० रन बनाएका छन् । यस्तै उनले ७४ टी–२० आई खेलमा १३६ विकेट लिएका छन् । आइपीएल खेल्ने एक्का नेपाली सन्दीपले त्यहाँ पनि १३ विकेट लिएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको