स्कटल्याण्ड विरुद्धको खेलमा नेपाली खेलाडी डा. इशान पाण्डेले अर्धशतक प्रहार गरेका छन् । उनले ५३ बलमा अर्धशतक पुरा गरेका हुन् ।
यो उनको दोस्रो अन्तराष्ट्रिय खेल हो । ओपनर आशिफ शेख आउट भएपछि क्रिजमा आएका उनले निकै परिपक्क पारी खेले । उनले आफ्नो पारीमा २ छक्का र ५ चौका प्रहार गरेका छन् ।
याे समाचार तयार पर्दासम्म नेपाली टाेलिले २ विकेट गुमाएर १५४ रन बनाएकाे छ । अब नेपाल जितबाट मात्रै ४१ रनले टाढा छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस