Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

अर्थ संसार

शनिबार, १६ जेठ २०८३, ०८ : ३६ मा प्रकाशित

आईपीएल क्रिकेट : राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति न्यु चण्डीगढमा भएको दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो । 

राजस्थानले दिएको २१५ रनको लक्ष्य गुजरातले १८ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । गुजरातका लागि कप्तान शुभमन गिलले १०४ रन बनाए । त्यस्तै साई सुदर्शनले ५८ रन जोडे । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । राजस्थानका वैभव सूर्यवंशीले ४७ बलमा ९६ रन बनाए पनि टोली पराजित भयो । अब उपाधिका लागि गुजरातले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)सँग खेल्नेछ । फाइनल खेल भोलि बेलुका पौने ८ बजे अहमदाबादमा हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको