Like us!
Follow us!
Connect us!
Watch us!

मलेसियालाई नेपालले दियो २७६ रनको लक्ष्य, भुर्तेलको लगातार

अर्थ संसार

विहीबार, २१ जेठ २०८३, १५ : ३६ मा प्रकाशित

मलेसियालाई नेपालले दियो २७६ रनको लक्ष्य, भुर्तेलको लगातार

सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोडेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले । उनले १२६ रन जोडे । ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे । यो उनको टी २० आईमा तेस्रो शतक हो । यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले । उनले ७ छक्का र ५ चौका प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोडे । उनले ४ छक्का र १ चौका हिर्काए ।

बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सिद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए । नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको