नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको मन्त्र नेता मिलाउन भन्दापनि पार्टीसँग जनता मिलाउने हुनुपर्ने बताएका छन्। गोरखा पुगेका सभापति थापाले पदको लागि पार्टी छाड्नेहरूलाई रोक्नतिर नलाग्ने आग्रह गरे। उनले कांग्रेस सत्तातिर केन्द्रित भएकाले बिग्रिएको बताए।
पार्टी सभापतिको हैसियतले सबैलाई मिलाएर लैजान संवाद गरिरहेको उनले बताएका छन्।
उनले भने, ‘पार्टीको कोही साथीहरू हुनुहुन्छ अहिले यो बेलामा हामी छोडेर जान्छौँ, अर्कोतिर जान्छौँ, त्यहाँ गएर वडाध्यक्ष पाउँछौँ, त्यहाँ गएर पालिकाको अध्यक्ष पाउँछौँ, अब सकियो, हामी त्यहाँ गएर जित्छौँ’ भन्छन् भने जान दिनुस्। त्यो धेरै चिन्ता नगर्नुस्। पार्टीलाई ठीक बनाऊँ, पार्टीलाई सफा बनाऊँ, पार्टीभित्रको फोहोर सफा गरौँ, पार्टीको विचार दृष्टिकोण ठीक बनाऊँ, हिजो गठबन्धनको राजनीतिले ध्वस्त बनाएको छ, त्यसलाई समालौँ। सत्ता सत्ता भनेको ठाउँबाट जनता जनता भन्ने ठाउँमा पुर्याऔँ, यो सबै ठीक बनाऊँ, आफैँ सबै ठीक भएर आउँछ। अब अँध्यारो कोठामा दुई जना चारजना नेता बसेर कुनै निर्णय हुँदैन। कांग्रेस पार्टीलाई खोपीबाट बाहिर लिएर आउनु पर्यो अब, जनताको बिचमा लिएर जानु पर्यो। म सबैसँग संवाद गरेर सबैलाई मिलाएर लिएर जाने जिम्मेवारी मैले पूरा गर्छु। तर हाम्रो घरभित्रको हामी नेता नेता मिलाएर मात्र हुँदैन। समस्या हाम्रो नेता नेताको बिचमा झगडा भएको होइन। मुख्य विषय भनेको यहाँ नेता रिसायो भन्ने कुराको मलाई धेरै चिन्ता होइन। मेरो ठुलो चिन्ता भनेको जनता रिसाएको कुराको मेरो चिन्ता हो। नेता धेरै फकाउँदै गर्दा जनता फकाउन सकेनौँ भने अर्थ हुँदैन। नेता मिलाउने हो तर फकाउने जनता हो। ’
उनले पार्टीको सदस्यता अद्यावधिक ५ लाखले गरिसकेको भन्दै बाँकीलाई पनि गर्न आग्रह गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस