नेपाली कांग्रेसले सुधन गुरुङसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद भरत खड्काले उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।
सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोत तथा सेयर लगानीबारे विभिन्न प्रश्न उठेका थिए। त्यस विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको थियो। समितिले प्रतिवेदन बुझाएको एक साताभन्दा बढी समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन।
प्रतिवेदन सरकारलाई बुझाइएपछि पुनः सुधन गुरुङ गृहमन्त्री नियुक्त भइसकेका छन्। तर उनीसँग सम्बन्धित छानबिन प्रतिवेदन भने अझै सार्वजनिक नगरिएकाले त्यसबारे स्पष्टता दिन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस