Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो सेयर बजार पहिले नै धेरै बढिसकेको छ, अझै घटेर वास्तविक अवस्थामा आउँछ - रविन कँडेल

अर्थ संसार

शुक्रबार, ०५ असार २०८३, १८ : २६ मा प्रकाशित

हाम्रो सेयर बजार पहिले नै धेरै बढिसकेको छ, अझै घटेर वास्तविक अवस्थामा आउँछ - रविन कँडेल

नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले नेपालको पुँजी बजार अझै घट्ने बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाजमा कुरा गर्दै महासचिव कँडेलले अहिले नै नेपालको पुँजी बजार धेरै बढेकाले वास्तविक अवस्थामा आउनका लागि घट्ने बताएका हुन् । 

‘नेपालको बजार ओभर प्राइसमा रहेको छ । अहिलेको अवस्थाबाट घटेर वास्तविक अवस्थामा आउनै पर्छ,’ उनले भने । त्यस्तै पुँजी बजारमा इन्डेक्स हेरेर नभइ कम्पनीको अवस्था हेरेर लगानी गर्नु पर्ने उनको सुझाब थियो । नेपालको पुँजी बजारको सबै स्टकको कारोबार हुनका लागि ५ वर्ष लाग्ने अवस्था रहेको उनले बताए ।

नेपालको पुँजी बजारमा लगानी धेरै भएर त्यसको प्रतिफल कम रहेको उनको भनाइ छ । अमेरिकाको सेयर बजारमा १ रुपैयाँ कमाउनका लागि २० रुपैयाँ खर्च गर्दा हुने भए पनि नेपालमा १ रुपैयाँ कमाउनका लागि ४० रुपैयाँ लगानी गर्नु पर्ने अवस्था रहेको उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको