Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु महालक्ष्मी लाइफको १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, ०७ असार २०८३, १० : ३० मा प्रकाशित

प्रभु महालक्ष्मी लाइफको १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । 

कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको ‘फिट एण्ड प्रपर टेस्ट’ को मापदण्ड पूरा हुने आवश्यक कागजात सहित निवेदन दिनु पर्नेछ ।

निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिनु पर्नेछ । निर्धारित समयभित्र विद्यमान संस्थापक सेयण्रधनीहरूबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानून र नियमबमोजिम सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको