राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले विभिन्न पदहरूमा ३६ जना कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको बीमा कम्पनीले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।
कम्पनीले सह व्यवस्थापक, सहायक व्यवस्थापक र सहायक पदको विभिन्न तहमा प्रशासन र प्राविधिक सेवा अन्तर्गतको विभिन्न समूहमा आवेदन खुलाएको हो । कम्पनीले प्रशासन समूहतर्फ जम्मा ७ जना, लेखा सूमहतर्फ जम्मा १८ जना, कानून समूहतर्फ १ जना, सि.ए समूहतर्फ ४ जना, एक्चुरी समूहतर्फ ३ जना र सूचना प्रविधि समूहतर्फ ३ जनाबाट आवेदन माग गरेको हो ।
सम्बन्धित पदहरूका लागि तोकिएको शैक्षिक लगायत अन्य योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले साउन ७ गतेभित्र र दोब्बर दस्तूर तिरी साउन १४ गतेभित्र अनलाइन दरखास्त फाराम पेश गर्नु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस