Like us!
Follow us!
Connect us!
Watch us!

आलिया अभिनीत फिल्म ‘अल्फा’ को व्यापार कस्तो ?

अर्थ संसार

मंगलबार, २३ असार २०८३, १३ : ३४ मा प्रकाशित

आलिया अभिनीत फिल्म ‘अल्फा’ को व्यापार कस्तो  ?

यशराज स्पाइ युनिभर्सअन्तर्गत आदित्य चोपडाको निर्माण र शिव रवैलको निर्देशनमा बनेको बलिउड फिल्म ‘अल्फा’ गत शुक्रबारदेखि प्रदर्शनरत छ। यस फिल्मले चार दिनमा विश्वभर ६३.६० करोड भारतीय रुपैयाँ कमाएको छ।

सोमबार भारतमा ३.३५ करोड भारु ग्रस कलेक्सन गरेको छ।

फिल्मले भारतमा पहिलो दिन ९.२५ करोड रुपैयाँ कमाएर गरेको थियो। शनिबार ११.५० करोड रुपैयाँ र आइतबार १३.२५ करोड रुपैयाँ कमाएको छ। तर, आइतबारको तुलनामा फिल्मको व्यापारमा उच्च गिरावट आएको छ। भारतमा फिल्मको कुल कलेक्सन ३७.८५ करोड पुगेको छ। यशराज स्पाइ युनिभर्सका अन्य फिल्महरूको तुलनामा ‘अल्फा’ प्रदर्शन निकै कमजोर देखिएको छ। यस फिल्ममा आलियासहित शर्वरी, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ। साथै ऋतिक रोशनको विशेष भूमिका छ। ‘वार’ र ‘वार-२’ का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनलाई देख्न सकिन्छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको