Like us!
Follow us!
Connect us!
Watch us!

साम्राज्ञीसँग मुद्दा हारे भुवन केसी,सामाज्ञीको प्रतिकृया "सत्यको सधैं जित हुन्छ"

अर्थ संसार

विहीबार, २८ असार २०८०, ०९ : ४१ मा प्रकाशित

साम्राज्ञीसँग मुद्दा हारे भुवन केसी,सामाज्ञीको प्रतिकृया "सत्यको सधैं जित हुन्छ"

चलचित्र विकास बोर्डको अध्यक्ष तथा अभिनेता भुवन केसीले हालेको मुद्दामा अदालतले अभिनेतृ साम्राज्ञी राज्य लक्ष्मी शाहको पक्षमा फैसला सुनाएको छ। 

अभिनेता केसीले अभिनेत्री साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७७ साउन ९ गते मुद्दा दायर गरेका थिए।

गाली बेइज्जती सम्बन्धि मुद्दामा काठमाडौं जिल्ला अदालतले तीन वर्षपछि बुधबार फैसला गरेको हो। केसीले नायिका  साम्राज्ञीसँग १० करोड क्षतिपूर्ति माग गर्दै मुद्धा हालेका थिए ।केसीको दाबी नपुग्ने फैसला गरेसँगै भुवनको पक्षमा निर्णय आउन सकेन। बुधबार अन्तिम सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासमा भएको थियो । 

३ वर्ष अगाडी साम्राज्ञीले सामाजिक सञ्जालमार्फत भुवन केसीले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।
लगतै केसीले साम्राज्ञीले आफूलाई जथाभावी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए ।

निर्णय पछि नायिका सत्यको सधैं जित हुन्छ भन्दै फेसबुक मार्फत आफ्नो धारणा ब्यक्त गरेकी छिन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको