Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको मौद्रिक नीति: बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने

अर्थ संसार

मंगलबार, २३ असार २०८३, १५ : ५३ मा प्रकाशित

राष्ट्र बैंकको मौद्रिक नीति: बैंक तथा वित्तीय संस्थाको पुनवर्गीकरण गरिने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुनवर्गीकरण गर्ने भएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले यस्तो नीतिगत व्यवस्थाको घोषणा गरेका हुन्।

राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थामा संस्थागत सुधार गर्दै उनीहरूको पुँजी परिचालनको खर्च कम गर्ने नीति राष्ट्र बैंकले अघि सारेको छ। यस प्रक्रियाबाट हुने बचतलाई ऋण लिन चाहने व्यक्तिहरुमा सहज रूपमा हस्तान्तरण गर्ने प्रस्ताव समेत मौद्रिक नीतिमा गरिएको छ।

यसैगरी, राष्ट्र बैंकले अब व्यवसायको आकार र प्रकृतिअनुसारको 'विशिष्टिकृत सेवा' सहितको बैंकिङ अवधारणालाई अघि बढाउने भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको