गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १ सय ८७ जना वैदेशिक रोजगारीमा गएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा गत आर्थिक वर्ष विदेशिनेको संख्या ४७ हजार ७९ ले कमी हो । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृति लिएका थिए ।
जसमा ६ लाख ९७ हजार ९६ जना पुरूष र ९५ हजार ९१ जना महिला रहेका छन् । म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेशिएका छन् भने १ लाख २८ हजार ५२० जनाले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै, सरकार–सरकार (जी–टु–जी) प्रणालीमार्फत ८ हजार १९७ जना वैदेशिक रोजगारीमा गएका विभागको तथ्यांकमा उल्लेख छ।
पुनः श्रम स्वीकृतिसहित वैदेशिक रोजगारीमा जाने नेपालीको गन्तव्यमा संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा रहेको छ। गत आर्थिक वर्ष यूएईमा १ लाख ८३ हजार ५८० जना पुगेका छन्। त्यसपछि मलेसियामा १ लाख २८ हजार ७५३, साउदी अरेबियामा १ लाख २३ हजार ७१९, कतारमा १ लाख २१ हजार २३०, कुवेतमा ४३ हजार ३६०, रोमानियामा ३३ हजार ३६० र जापानमा २२ हजार २६६ जना नेपाली पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस