Like us!
Follow us!
Connect us!
Watch us!

चरित्र हत्या गरेको आरोपमा वेदिका केसी पक्राउ

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, १७ : ०८ मा प्रकाशित

चरित्र हत्या गरेको आरोपमा वेदिका केसी पक्राउ

सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न व्यक्तिको निजी जीवनका विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन्। उनलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

साइबर ब्युरोका अनुसार उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ । वेदिकाले केही दिनयता सामाजिक सञ्जालबाट राधिका दासीमाथि व्यक्तिगतस्तरमा गम्भीर आरोपहरू लगाउँदै आएकी छन् । बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिएकी थिइन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको