Like us!
Follow us!
Connect us!
Watch us!

कफ्र्यु उल्लंघन भएपछि कप्तानगञ्जका सडकमा नेपाली सेना

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १३ : ३७ मा प्रकाशित

कफ्र्यु उल्लंघन भएपछि कप्तानगञ्जका सडकमा नेपाली सेना

सुनसरीका विभिन्न स्थानमा स्थानीय प्रशासनले जारी गरेको कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो ।

हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयपछि नेपाली सेनाको टोली खटिएको बताइएको छ । कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कफ्र्यु जारी गरेको थियो । कफ्र्यु उल्लंघन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको