Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक रुपले सबल बन्न प्रदेशलाई पूर्ण अधिकार माग

सोमबार, १९ चैत्र २०७४, १९ : ४७ मा प्रकाशित

आर्थिक रुपले सबल बन्न प्रदेशलाई पूर्ण अधिकार माग

अर्थ संसार, राजविराज–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक संघीयतामा गएपनि स्रोत र साधनको अभावमा अहिले प्रदेशहरु संकटपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

सप्तरीको छिन्नमस्ता मन्दिरमा आजदेखि शुरू भएको दश महाविद्या सह–रुद्र महायज्ञको उद्घाटन गर्दै उहाँले प्रदेश नं २ मा अन्य प्रदेशभन्दा स्रोत र साधनको अभावले चाहेर पनि केही गर्न नसकिएकाले प्रदेशको अधिकार संकुचित गर्न नहुनेमा जोड दिनुभयो ।

संविधान संशोधन तथा आफूहरुले उठाएका माग सम्बोधनको सुनिश्चितता नभएसम्म यथास्थितिमा सरकारमा जान नसकिने प्रष्ट पार्दै अध्यक्ष यादवले भन्नुभयो, “सरकारमा जान हामी आतुर छैनौँ तर सरकारमा हाम्रो भूमिका र संविधान संशोधनबारे प्रधानमन्त्रीको स्पष्ट धारणा आए हामी सोच्ने छौँ । ”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको