Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ ओलीको भारत भ्रमण तालिका

बुधबार, २१ चैत्र २०७४, ०८ : २३ मा प्रकाशित

यस्तो छ ओलीको भारत भ्रमण तालिका

अर्थ संसार, काठमाडौं–  प्रधानमन्त्री केपी ओलीले चैत २३ देखि २५ सम्म गर्ने भारतको राजकीय भ्रमण कार्यक्रम मंगलबार मन्त्रिपरिषद्ले स्वीकृत गरको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री भ्रमणमा जान लागेका हुन् । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसँगै भ्रमण टोलीमा पर राष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव रभौतिक पूर्वाधार तथा यातायातमन्त्री र घुवीर महासेठ, ९ सांसद र अन्य सरकारी अधिकारी रहने टुंगो लगाएको छ ।

सरकारका प्रवक्ता सञ्चार राज्यमन्त्री गोकुल बा“स्कोटाका अनुसार प्रधानमन्त्री ओली दिल्लीमा राष्ट्रपतिको पाहुनाका रूपमा रहनेछन्। राष्ट्रपति भवनमा उनीसहित अन्य १० पाहुना रहनेछन् । अन्यका लागि ताजमान सिंह होटल तय गरिएको छ ।

‘सरकारी खर्चमा जाने पाहुना ३५ सदस्य तय भएको छ अहिलेसम्म । यसमा थप्ने क्रम जारी रहेकाले यति नै भन्न सकिँदैन,’ एक अधिकारीले भने, ‘निजी क्षेत्रका व्यवसायी, उद्यमी र सञ्चारकर्मीको छुट्टै टोली रहने छ ।’

प्रधानमन्त्री ओली सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सको नियमित उडानमा शुक्रबार बिहान प्रस्थान  गर्नेछन्। गएकै दिन उनले त्यहाँको व्यापारिक समुदायसँग छलफल गर्नेछन् । त्यस्तै नेपाली समुदायसँग पनि सोही दिन अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

शुक्रबारै बाह्रखम्बास्थित नेपाली दूतावासमा उनको सम्मानमा कार्यवाहक र राजदूत भरतराज रग्मीले  आयोजना गर्ने रिसेप्सनमा उनी सहभागी हुनेछन् ।

रिसेप्सनमा भारतका राजनीतिज्ञ, पूर्वराजदूतहरू, भारतीय व्यापारी तथा अन्य अधिकारी रहने दूतावास अधिकारीले बताए । शनिबार उनले भारतीय प्रधानमन्त्री मोदीस“ग भेटवार्ता गर्नेछन् । दुईपक्षीय सम्झौता तथा प्रतिबद्धता जारी हुने पनि सोही दिन हो। भारतीय पक्षबाट सोही दिन कुनै सहयोग घोषणा गर्ने सम्भावना रहेको बताइएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास र उद्घाटनको ‘ स्विच अन’ पनि त्यसै दिन हुने छ । रेलमार्गमा भारतले चासो देखाएको छ भने जलमार्गसम्म पहु“चको सहजतामा नेपालले जोड दिने छ । शनिबार ओैली महात्मा गान्धीको समाधि पुग्नेछन् ।

उनलाई भारतीय प्रधानमन्त्री मोदीले दिवाभोज र राष्ट्रपति रामनाथ कोविन्दले र रात्रिभोज दिनेछन्। उनी फर्कने दिन उत्तराखण्ड पुग्नेछन्। विमानस्थलबाट विशेष विमानमा उत्तराखण्ड गएर त्यहाँको अवलोकनपछि दिल्ली फर्केर दिल्लीबाट अपराहन फर्कने कार्यक्रम छ ।

विकास लक्ष्यसहितको सद्भावना भ्रमण’ यसैबीच, भ्रमणका क्रममा कृषि अनुसन्धान, उत्पादकत्व वृद्धि र कृषि क्षेत्रका लागि आवश्यक जनशक्ति विकासलगायतका विषयमाथि छलफल हुने भएको छ । यसमा भारत सरकारका तर्फबाट केही प्रतिबद्धता घोषणा हुने सम्भावना रहेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ ।

यसैगरी, रेल्वे लाइन निर्माणलाई तीव्रता दिने र थप केही मार्गका सम्बन्धमा सहमति जुट्ने सम्भावना छ । जल क्षेत्रमा पनि दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण समझदारी बन्ने सम्भावना रहेको पर राष्ट्रका एक अधिकारीले बताए । यस्तै, उत्तरखण्डको डा. गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले ओलीलाई डक्टर अफ लेटर्स (डिलिट) उपाधि प्रदान गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको