Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल संघिय समाजवादी पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

विहीबार, २२ चैत्र २०७४, १८ : २७ मा प्रकाशित

नेपाल संघिय समाजवादी पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्थ संसार, पोखरा– नेपाल संघिय समाजवादी पार्टीको पोखरीया नगरपालिकाको नगर कमिटीको आयोजनामा आज कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नगरकमिटीका संयोजक शंकर राउत अहिरले विभिन्न भातृसंगठनहरु निर्माण गरी संगठनको विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

महिला नेतृ विना देवी वैठाले पोखरीया नगरपालिका भित्र स्वास्थ्य चौकी, विद्यालय, खानेपानी, विजुली बत्तिमा देखिएका समस्या समाधान गर्न पार्टीको तर्फबाट विशेष पहल गर्नु पर्ने बताउदै गरिव निमुखा जनता र पिडित पक्षको कुरालाई स्थानिय प्रशासनले नसुनेको दुखेसो व्यक्त गर्नु भयो ।

कार्यक्रममा चोकट गिरी, गोपाल कुर्मी,  महमुद राय, नगनारायण कलवार, हिरामन महतो, सुर्ज साह कानु, हरेन्द्र साह कानु, रामानन्द यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको