Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओली र मोदीबीच आज साँझ एकान्तवार्ता

शुक्रबार, २३ चैत्र २०७४, १० : ३३ मा प्रकाशित

प्रधानमन्त्री ओली र मोदीबीच आज साँझ एकान्तवार्ता

अर्थ संसार, काठमाडौं– धानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा आज प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतका लागि हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज एकान्त वार्ता हुने भएको छ ।

भारतीय समय अनुसार साँझ ६ः३० बजे प्रधानमन्त्री निवास ७ लोककल्याण मार्गमा उनीहरुबीच भेटवार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओली र मोदी नेतृत्वको प्रतिनिधमण्डलस्तरीय औपचारिक वार्ता भने शनिवार विहान ११ः३० बजे हैदरावाद हाउसमा हुनेछ ।

मोदीसँग भेटवार्ताअघि प्रधानमन्त्री ओली भारतीय उद्योगी व्यवसायीसँग पौने १ बजे नेपालमा लगानीको सम्भावनाबारे बृहत अन्तरक्रियामा सहभागी हुनेछन् ।

भारतीय विदेश मन्त्रालयको आर्थिक कूटनीति महाशाखाको संयोजनमा तथा भारतीय उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र अशोचामको संयुक्त आयोजनामा दिवाभोजसहित कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले साँझ सवा ५ बजे बाह्रखम्बारोडस्थित नेपाली दुताबासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एमाले, माओवादी, कांग्रेस र जनमोर्चासम्वद्ध प्रबासी नेपाली संगठनले दिने ज्ञापनपत्र प्रधानमन्त्रीले लिने छन् भने उनीहरुलाई सम्बोधन पनि गर्नेछन् ।

नेपाली दुताबासले प्रधानमन्त्रीको सम्मानमा अपरान्मह ७ः३० बजे आयोजना गर्ने रात्रीभोजमा उनी सरिक हुनेछन् । रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय सहभागी हुनेछन् ।

रात्रीभोजअघि प्रधानमन्त्रीलाई भारतीय राष्टिय कंग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेताले राष्टपति भवनमा भेटवार्ता गर्ने विदेश मन्त्रालय स्रोतले बतायो । त्यही दिन भारतीय कम्युनिष्ट पार्टी माक्र्सबादीका महासचिव सीताराम यचुरी, पूर्व सांसद डीपी त्रिपाठी लगायत साना दलका नेताले पनि प्रधानमन्त्रीलाई ले भेट्ने कार्यक्रम छ ।

शनिवार विहान प्रधानमन्त्री ओलीलाई राष्टपति भवनमा उच्च सैनिक गारत (गार्ड अनर ) दिनुअघि भारतका समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नेछन् । शनीवारै प्रधानमन्त्रीले भारतका राष्टपति रामनाथ कोविन्द तथा पराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मोदीसँग विहान राष्टपति भवनमा एकपटक र हैदरावाद हाउसमा दुईवटा बेग्लाबेग्लै वैठक, संयुक्त पत्रकार सम्मेलन र दिवाभोजमा प्रधानमन्त्रीको भेट हुनेछ ।

प्रधानमन्त्रीको कार्यक्रम

चैत २३ शुक्रवार

  • विहान पौने ११ बजे दिल्ली अवतरण

  • पौने १ बजे होटल ताज प्यालेसमा इन्डिया नेपाल विजनेस समिटमा सहभागी

  • साँझ सवा ५ बजे नेपाली दुताबसामा नेपाली समुदायसँग अन्तरक्रिया

  • साँझ ६ः३० मा प्रधानमन्त्री मोदीसँग उनको निवास ७ लोक कल्याण मार्गमा भेटवार्ता

  • नेपाली दुताबासद्धारा होटल इम्पेरियलमा आयोजित रात्रीभोजमा सहभागी

चैत २४ गते शनिवार

  • विहान ९ बजे राष्टपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सन

  • साँढे ९ बजे राष्टपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट

  • सवा १० बजे विदेशमन्त्री सुष्मा स्वराजद्धारा शिष्टाचार भेटवार्ता

  • ११ बजे महात्मा गान्धीको समाधीस्थल राजघाटमा द्धिप प्रज्वलन

  • साँढे ११ बजे हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवाता

  • सवा १२ बजे रिमोटद्धारा वीरगञ्जस्थित एकीकृत जाँचचौकी उद्घाटन र प्रेस ब्रिफिंग

  • साँझ ६ बजे उपराष्टपति बैंकया नायडुसँग शिष्टाचार भेट

  • साढे ७ बजे गृहमन्त्री राजनाथ सिंहद्धारा शिष्टाचार भेट

  • साँझ इन्डिया फाउण्डेशनको कार्यक्रममा सम्बोधन

चैत २५ गते आइतवार

  •  विहान उत्तराखण्डको ब्रिडर सिड प्रोडक्सन सेन्टर, एकीकृत कृषि परियोजनाको निरिक्षण, १ बजे गान्धी हलमा मानार्थ विद्यावारिधीको प्रमाणपत्रद्धारा सुशोभित हुने,

  •  दिल्ली हुँदै ६ बजे स्वदेश फिर्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको