Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको विकास र आर्थिक समृद्धिका विषयमा भारतीय प्रमसंग छलफल

शनिबार, २४ चैत्र २०७४, ०७ : ५४ मा प्रकाशित

नेपालको विकास र आर्थिक समृद्धिका विषयमा भारतीय प्रमसंग छलफल

 विशेष प्रतिनिधि रमेश लम्साल 

अर्थ संसार, नयाँ दिल्ली–भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास लोककल्याण मार्गमा शुक्रबार साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको हो । 

नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरुबीच महत्वपूर्ण छलफल भएको हो, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुन सक्छ भन्ने बारेमा छलफल भयो ।” 

उहाँले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरुबीच कुनै पनि असमानता र अविश्वास नरहेकोसमेत बताउनुभयो । 

भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र उहाँका समकक्षी मोदीबीच आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । 

यसैबीच नेपाली दूतावासले आज यहाँ आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओलीले दिल्लीस्थित नेपालसमेत हेर्ने कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल तथा भेटवार्ता गर्नुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको