Like us!
Follow us!
Connect us!
Watch us!

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट, नेपालका राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो

शनिबार, २४ चैत्र २०७४, ११ : ३१ मा प्रकाशित

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको शिष्टाचार भेट, नेपालका राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो

विशेष संवाददाता रमेश लम्साल

अर्थ संसार, नयाँदिल्ली, भारत भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज शिष्टाचार भेट गर्नुभएको छ ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।

सचिव बैरागीका अनुसार भारतका राष्ट्रपति कोविन्दले नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रम ओलीलाई बधाई दिनुभएको थियो । उहाँले नेपालका राष्ट्रपतिलाई भारतको भ्रमणको निम्तो दिनुभएको थियो ।

यसअघि भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारको तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान गारत (गार्ड अफ अनर) प्रदान गरिएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको