Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्र्रद्धाञ्जलि

शनिबार, २४ चैत्र २०७४, १२ : १० मा प्रकाशित

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्र्रद्धाञ्जलि

विशेष संवाददाता रमेश लम्साल

अर्थ संसार, नयाँदिल्ली, भारत– भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उहाँको स्मरण गर्नुभयो ।

श्रद्धाञ्जलि पुस्तिकामा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ– महात्मा गान्धी भारतका मात्र नभइ संसारकै अमर व्यक्तित्व हुनुहुन्छ, उहाँले हामीलाई प्रेम, सत्य र अहिंसा सिकाउनुभएको छ, यो मानव जातीको उच्च गुण हो ।
प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीसहित आजै दुबै देशका सरकारी प्रतिनिधिमण्डलस्तरीय औपचारिक द्विपक्षीय भेटवार्ता हुँदैछ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको