Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल-भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी (पूर्णपाठसहित)

शनिबार, २४ चैत्र २०७४, १८ : ४३ मा प्रकाशित

नेपाल-भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी  (पूर्णपाठसहित)

अर्थ संसार, नयाँदिल्ली –प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार भएको  द्धिपक्षीय भेटवार्तापछि  नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी भएको जारी भएको छ ।

 संयुक्त वक्तब्यमा ओली–मोदीबीच  दुई देशबीचको विविध  पक्षमा समिक्षा हुनुका साथै सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा बिचार विमर्श भएको उल्लेख छ ।

दुई प्रधानमन्त्रीहरु दुई देशबीच सम्बन्ध सुमधुर बनाइराख्न उच्चस्तरीय राजनीतिक छलफललाई निरन्तरता दिन पनि सहमत भएका छन् । संयुक्त वक्तव्यमा दुबै प्रधानमन्त्री नेपाल र भारतबीचको संयुक्त आयोजनाको कार्यान्वयनलाई तिब्रता दिन सहमत भएको विषय उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै भ्रमणको मिति कुटनीतिक च्यानलबाट टुंगो लगाउने बताएका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरिएको छ । त्यस्तै वीरगञ्जमा निर्माण भएको एकीकृत सुरक्षा जाँच चौकीको उद्घाटन गरिएको छ ।

वक्तव्यमा दुई प्रधानमन्त्रीबीच समानता, आपसी विश्वास, सम्मानका आधारमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।

 त्यसै गरी जसमा कृषि, रक्सौल काठमाडौं रेलवे लिंक विस्तार र नेपाल र भारतबीच जलमार्ग विस्तार पनि रहेका छन् ।

 

5ac8c1eabab9c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको