रू. २ अर्ब पूँजी पुर्याउने क्रममा कम्पनीले विक्री गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरका लागि धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ ।

गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
-
कम्पनीले चालू आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासमा खुद मुनाफा ९३ प्रतिशत वृद्धि गरी ३ करोड ८२ लाख रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ९७ लाख हजार रुपैयाँ मुनाफा कमाएको थियो ।
-
आफ्नो पूँजी वृद्धि भएसँगै प्रति सेयर आम्दानीलाई सन्तुलनमा राख्न सफल भएको देखिन्छ । यो अवधिमा कम्पनीको पूँजी ८ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी ७९ प्रतिशत वृद्धि भएर १२ दशमलव ८८ रुपैयाँ पुगेको छ ।
-
जगेडा १७ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १८ करोड २४ लाख रहेको जगेडा यो त्रैमासमा २१ करोड ३५ लाख पुगेको छ ।
-
जीवन बीमाकोषमा ३९ प्रतिशत वृद्धि भएर ३ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
-
बीमाशुल्क आर्जन रकम ३२ प्रतिशत वृद्धि भएर ६० करोड ५२ लाख पुग्दा खुद बीमाशुल्क आम्दानी गत त्रैमासको भन्दा ३० प्रतिशत वृद्धि भएर ५५ करोड ६५ लाख पुगेको छ ।
-
यस त्रैमाससम्ममा कुल दाबी भुक्तानी रकम ९४ प्रतिशत वृद्धि भएर ७ करोड ४६ लाख छ । त्य्स्तै, खुद दाबी भुक्तानी ६ करोड ४३ लाख छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा ७६ प्रतिशत धेरै हो ।
-
कुल दाबी भुक्तानी सङ्ख्या ३ सय १६ छ भने भुक्तानी हुन बाँकी दाबी सङ्ख्या ५२ छ ।
-
दोस्रोे त्रैमासमा प्रतिशेयर नेटवर्थ १ सय ४० दशमलव ४३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७ सय ८९ दशमलव ९३ रुपैयाँ छ ।

निष्कर्ष :
चुक्तापूँजी वृद्धिअनुसार प्रतिशेयर आम्दानीलाई पनि सन्तुलनमा राख्दै अगाडि बढ्नुलाई कम्पनीको व्यवस्थापनको सफलताका रूपमा लिनुपछ । समीक्षा अवधिमा कम्पनीले बीमाशुल्क आर्जन, खुद मुनाफा, कायम रहेको बीमालेखको सङ्ख्यामा प्रगति हासिल गरेको छ ।
बीमा समितिले तोकेको २०७५ असारसम्ममा २ अर्ब पुर्याउन कम्पनीले केही बोनस र बाँकी रकमका लागि हकप्रद विक्रीको योजना पेश गरेको छ । चाँडै जारी गर्ने ५० प्रतिशतको हकप्रदले पूँजी वृद्धिअनुरूप मुनाफा बढाउँदै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न चुनौती थपिनेछ ।
प्राविधिक विश्लेषण : गुराँस लाइफ इन्स्योरेन्स प्रतिरोध क्षेत्रमा




प्रतिक्रिया दिनुहोस