Like us!
Follow us!
Connect us!
Watch us!

कालिमाटीमा ज्योति विकास बैंकको शाखा

विहीबार, ०६ बैशाख २०७५, १४ : ३१ मा प्रकाशित

कालिमाटीमा ज्योति विकास बैंकको शाखा

अर्थ संसार, काठमाडौं–  बैंकहरु माझ छुट्टै स्थान बनाउन सफल ज्योति विकास बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कालिमाटीमा खोलेको छ ।

बुधबार उक्र शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र  ज्याति विकास बैंकका  अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन  गरेका थिए ।      

यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ ।

 आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सि आस्वा तथा एविविएस सेवा समेत उपलब्ध गराएको छ ।

हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको