Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक नेपालको ‘जनता रेमिट’ मा सुपर एजेन्ट ‘जीएमई रेमिट’

विहीबार, ०६ बैशाख २०७५, १४ : ४१ मा प्रकाशित

जनता बैंक नेपालको ‘जनता रेमिट’ मा सुपर एजेन्ट ‘जीएमई रेमिट’

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाल लिमिटेडले आफ्नो “जनता रेमीट” को सुपर एजेन्ट भई कार्य गर्न जीएमई रेमिट प्राइभेट लिमिटेडलाई  नियुक्त गरेको छ ।

उक्त सुपर एजेन्ट सम्बन्धि संझौतामा जनता बैंक नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परसुराम कुँवर क्षेत्रीे र जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले हस्तक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वीनारायण श्रेष्ठको पनि उपस्थिति थियो ।

सम्झौता बमोजिम “जनता रेमिट” मार्फत पठाएको रकम जीएमई रेमिट प्रा. लि. ले आफ्नो एजेन्ट र शाखाहरु मार्फत भुक्तानी गर्नेछ  भने जीएमई रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम जनता बैंक नेपाल लि. ले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नेछ ।

रेमिट्यान्स भुक्तानीको लागि जिएमई रेमिटको देशभरी ६ हजार भन्दा बढी सब–ऐजेन्टहरु रहेका छन् भने जनता बैंक नेपाल लि. ले देश भरीका १०८ शाखा तथा ३३ शाखा रहित बैंकिङ्ग मार्फत रेमिट्यान्स सेवा प्रवाह गरिरहेको छ ।

हाल जीएमई रेमिट्यान्सले खाडि मुलूकहरू, हङ्गकङ्ग, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रमिट्यान्स कारोवार गर्दै आएको छ ।

आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको जनता बैंक तथा जीएमई रेमिट दुबैले विदेशमा पनि आफ्नो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनीति लिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको