अर्थ संसार, काठमाडौं– युनाइटेड फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष ( २०७४/७५) अर्थात चैत्र मसान्तसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदन अनुसार फाइनान्सको यस अवधिमा नाफामा गिरावाट आएको छ । फाइनान्सले यस अवधिमा ५ करोड ७ लाख नाफा आर्जन गरेको छ ।
जन गत वर्ष सोही अवधिमा ८ करोड ५० लाख कमाएको थियो ।यस अवधिमा फाइनान्सले ५ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ८३ करोडको कर्जा प्रवाह गरेको छ ।
८० करोड ५ लाख रुपैयाँ रहेको चुक्ता पूँजी फाइनान्सको प्रतिसेयर आम्दानी आठ रुपैयाँ ४६ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.३५ पैसा तथा तरलता अनुपात १९.४० तथा मूल्य आम्दानी अनुपात २३.६५ गुणा बढी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस