Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स

शुक्रबार, ०७ बैशाख २०७५, १६ : ४३ मा प्रकाशित

ज्योति विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स

अर्थ संसार, काठमाडौं–  ज्योति विकास बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच आज (शुक्रबा बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरु मार्फत उक्त लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको हो ।

सम्झौतामा यस बैंकको तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायब महाप्रवन्धक कपिल कुमार ढकाल ज्यूले हस्ताक्षर गर्नुभएको छ ।

यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् ।

हाल यस बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हाल सम्मबैंकले १ लाख ५० हजार भन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत रु.१३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ ।

बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको